बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

संसद बिघटनको मुद्दा फैसला अघि पार्टी एकता हुँदैन:माधब नेपाल

संसद बिघटनको मुद्दा फैसला अघि पार्टी एकता हुँदैन:माधब नेपाल

images
  • 297
    SHARES

  • images
    images
    images
    संसद बिघटनको मुद्दा फैसला अघि पार्टी एकता हुँदैन:माधब नेपाल
    images
    images
    images

    काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको (संसद विघटनसम्बन्धी) फैसला अगाडि पार्टी एकता हुन नसक्ने बताएका छन्। 

    आइतबार आफ्नो निजी निवासमा केही केन्द्रीय सदस्यहरुसँगको छलफलका क्रममा नेता नेपालले पार्टी एकताका लागि २ वटा ‘मान्यता’ अगाडि सारेका हुन्। 

    images
    images
    images

    आइतबार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘एकताको सन्दर्भमा त माधव कमरेडका २ वटा मान्यता स्पष्ट छन्– एउटा सर्वोच्चको फैसला अगाडि एकता हुँदैन, अर्को समानतामा आधारित मात्रै सम्झौता हुन्छ, तल परेर हुँदैन।’

    कहिँ न कहिँ ‘करेक्सन’ हुनुपर्ने भन्ने माग पनि नेता नेपालको रहेको खतिवडाले सुनाए।  खतिवडाका अनुसार आइतबार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा करिब २५ जनाजति केन्द्रीय सदस्यहरु ‘भेला’ भएका थिए। छलफलका क्रममा पार्टी एकताका लागि भइरहेका प्रयास तथा एकता कार्यदलको काम–कारबाहीबारे पनि समीक्षा भएको थियो। 

    ‘कार्यदलको सन्दर्भमा पनि माधव कमरेडले स्पष्ट कुरा गर्नुभयो। कार्यदलका सदस्य हाम्रो प्रतिनिधि हो। उहाँहरु सबै सर्वे सर्वा होइन, हामीले बनाएको, हाम्रो टीमको प्रतिनिधित्व उहाँहरुले गर्ने भन्ने हो,’ नेता खतिवडाले भने।आइतबारको बैठकमा एकता कार्यदल परिवर्तनको कुरा पनि उठेको खतिवडाले सुनाए।   

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आषाढ २७ २०७८०८:४९:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij