बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रोल्पाको थवाङमा मिनी अक्सिजन प्लान्ट जडान

रोल्पाको थवाङमा मिनी अक्सिजन प्लान्ट जडान

images
  • 214
    SHARES

  • images
    images
    images
    रोल्पाको थवाङमा मिनी अक्सिजन प्लान्ट जडान
    images
    images
    images

    रोल्पा। रोल्पाको थवाङमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ। सो अक्सिजन प्लान्टको लागत रु १९ लाख ७४ भएपनि राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क उपलब्ध गराएको हो।

    केन्द्रका बायोमेडिकल इञ्जिनीयर उमेर राईले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई सो प्लान्ट हस्तान्तरण गर्नुभयो । विद्युत् आपूर्ति नभएको समयमा पनि स्वचालित रुपमा अक्सिजन सिलिण्डर सञ्चालन हुने गरी कोभिड–१९ आइसोलेशन केन्द्रमा सो मिनी प्लान्ट जडान गरिएको गाउँपालिका अध्यक्ष घर्तीमगरले बताए।

    images
    images
    images

    विद्युत् भएको बेला पनि ४७ लिटरका दुई वटा अक्सिजनका सिलिण्डर स्वचालित रहने अध्यक्ष घर्तीमगरले बताए। अक्सिजन प्लान्टको प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता भएको बताइएको छ। मिनी प्लान्ट जडानका लागि केन्द्रले सात प्राविधिक उपलब्ध गराएको थियो।

    हाल २० शय्या सञ्चालनमा रहेको सो आइसोलेशन केन्द्रका ११ शय्यामा सो अक्सिजन प्रवाह गर्न सकिने गाउँपालिकाले जनाएको छ। केन्द्रले यसअघि पाँच लिटर क्षमताका पाँच अक्सिजन कन्सन्ट्रेटर र आठ थान पिपिई सेट सहयोग गरेको थियो।

    अधिकांश सहयोग सुगम र शहर बजारमा मात्रै केन्द्रित भइरहेको बेला केन्द्रले थवाङलाई रोजेकामा अध्यक्ष घर्तीले खुशी व्यक्त गरे।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आषाढ २७ २०७८१०:१५:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij