काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी रहेको छ। मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ ।
सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ। आज साँझ देउवा नियुक्त भएपछि मन्त्रिपरिषद्मा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्न र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सोमबार बसेको विपक्षी गठबन्धनले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई स्वागत गरेको छ। गठबन्धनले सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने तयारी गरेको छ।
नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङका अनुसार प्रतिनिधिसभा पुनःस्थापना प्रक्रियामा सहभागी सबैलाई समेटेर अधिकतम सहमति कायम गरी अगाडि बढ्ने जानकारी दिए। उनका अनुसार सरकार गठनलगायत विषयमा मङ्गलबार शीर्ष नेताबीच पुनः छलफल हुने र आवश्यक निर्णय हुने छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij