असार २९। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओली बुधबार दिउँसो ११ बजे बालुवाटारबाट निजी निवास बालकोटा फर्कने कार्यक्रम छ । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले यो अवस्था सिर्जना भएको हो।
सर्वोच्च अदातलको सोमबारको फैसलाले प्रतिनिधिसभा पुन:स्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै ओलीले सम्बोधन गर्न लागेका हुन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij