समयमै काम सम्पन्न गर्ने वडा बन्यो वार्ड नम्बर ३
असार २९,देवदह। रुपन्देहीको देवदह नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि एक अर्ब चार करोड अठाइस लाख चौबिस हजारको बजेट विनियोजन गरेको छ । नबौ नगर अधिवेसनको दोस्रो बैठक बाट नगरपालिकाले कुल बजेटबाट आर्थिक विकासमा ३५९००००० रुपैयाँ, सामाजिक विकासमा २४०४३००००,रुपैयाँ पुवार्धार विकास २४३००००० रुपैया, वातावरण तथा विपद व्यवस्थापनमा १६६५००००, संस्थागत विकास तथा सेवा प्रवाह १६०३००००० रुपैया, नगर प्रमुख उपप्रमुख सम्बोधित कार्यक्रममा ६०००००० रुपैया, ससर्त २७३०४४०००, वार्ड कार्यालयमा ११४२००००० रुपैया, समपुरकमा १०००००००० रुपैया, बिशेष अनुदानमा ७००००००० रुपैया र क्रमगत योजनामा ६५०००००० रुपैयाँ बजेट विनियोजन गरेको छ । नगर अधिवेशनले नगरका गौरवका आयोजनालाई निरन्तरता दिएको छ भने केहि नयाँ थप गरेको नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनु भयो ।
कृषिलाई प्राथमिकता
कृषिलाई आधुनिकरण र व्यावसायिकरण गर्न प्रोत्साहन गर्दै साना कृषि औजार तथा यन्त्र उपकारणमा अनुदान, प्रांगारिक मल अनुदान माटो सुधार, व्यवसायिक च्याउ तथा मौरी पालनका लागि तालिम, जौविक विषादी बनाउने तालिम, बालि उपचार तालिम, बाली बिमा, जग्गाको चाक्ला बन्दीमा अनुदान समेत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पशु स्वास्थ्य लाई प्रभावकारी बनाउनका लागि कृतिम गर्भाधान, पशुलाई खोप कार्यक्रम, आन्तरिक तथा बाह्य पराजिवी नियन्त्रण, गोठ सुधार, खोर सुधार, पालन सम्बधि तालिम, खोप सेवा, बङ्गुर फलोअप, शिविर, उन्नत जातको बोका वितरण निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पर्यटन तर्फ पर्यटकीय स्थलहरुको परिचय एवं फोटो सहितको ब्रोसर निर्माण, पर्यटकिय स्थलमा जानका लागि बाटो संकेत गर्ने, कक्षा ६ र ७ का विद्यार्थीहरुलाई स्थानिय पर्यटकिय क्षेत्रको अवलोकन, गौशाला नदि नजिक रोहिणी नदिमा स्नान स्थल, पिकनिक स्पट केउली, र कन्यामाई मन्दिरमा ट्रस निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।
देवदह नगरको गौरवको आयोजना के के हुन ??
नगरपालिकाले आफ्नो गौरवको आयोजनाका रुपमा देवदह मंगल पुष्करिणी दह, भवानीपुरमा निर्माण हुने ,शिलतनगरमा निर्माण हुने पर्यटन संग्रहालय र पर्यटक सुचना केन्द्र कोसेली घर सहितको बहुउदेशीय भवन, योग आर्युर्वेद र ध्यान केन्द्र सहितको देवदह गौशाला, बैरिमाई कन्यामाई मन्दिर, पाकरी वृक्ष, यशोधरा पार्क, धकधई–खैरनी हुदै पाल्पाको माथागढी जोड्ने सडक, मुढावास हुदै पाल्पा जोड्ने तिनाउ गाउँपालिका जोड्ने सडक, भवानीपुर हुदै शंकरपुर, कदमीपुर, बुद्धचोक,मघपुर हुदै पण्डीतपुर जोड्ने सडक, भवानीपुर मायादेवि पार्क, पानवारी खेल मैदान, शितलनगर क्रिकेट मैदान, बुद्धमाया अन्तराष्ट्रिय शान्ति उद्यान एवं संग्राहालय, यसोधरा अन्तराष्ट्रिय भिक्षुणी बिहार, गौतम बुद्ध राष्ट्रिय उद्यान, देवदह बुलबुले ताल र कोलिय पार्क गरि २१ वटा आयोजना तथा कार्यक्रमलाई लिएको छ ।
साथै अधिवेसनमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा नगर भित्र सबै भन्दा धेरै राजस्व संकलन गर्ने ११ का वार्ड अध्यक्ष अमर बहादुर चौधरी, योजना छिटो सम्पन्न गर्ने वार्ड न ०३ का वार्ड अध्यक्ष बैकुण्ठ कुवँर,सुरक्षाकर्मी पत्रकारहरु र कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij