असार ३१,बिहिबार। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय युवा परिषद अन्तर्गत संघीय नमुना संसदमा आज सम्पन्न संसदिय प्रणाली अनुरुप नमुना युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीकी श्रद्दा कुँवर चयन भएकी छिन।
कार्यक्रम :कृषिका कुरा ।
असार ३० गते भएको ‘सङ्घीय नमूना युवा संसद्’मा भएको मतदानमा कास्की पोखराकी २३ वर्षीया बराल प्रधानमन्त्रीमा चयन भएको र प्रधानमन्त्रीमा निर्वाचित भए पछि नमूना प्रधानमन्त्री बरालले १० सदस्यीय मन्त्रिमण्डल विस्तार गरेकी छिन् । अर्थमन्त्रीमा नीर श्रेष्ठ, गृहमन्त्रीमा सुरेन्द्र गिरी,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा रुपा कठायत, पर्यटन तथा वातावरण मन्त्रीमा सफल पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अमित माझी, संसदीय व्यवस्था तथा कानून मन्त्रीमा अनिल कुँवर, श्रम तथा रोजगार मन्त्रीमा आशिष बाँस्तोला, मुख्य सचेतकमा खेम अवस्थी, सचेतकमा विद्या ढुङ्गाना र प्रमुख सचेतकमा अनिल भुसाल चयन भएका छन् ।

यसैगरी सभामुखमा सिन्धुपाञ्चोकका अभिषेक तिवारी, उपसभामुखमा आरती भट्टराई, ज्येष्ठ सदस्यमा नवीन पहाडी र संसद्का प्रमुख प्रतिपक्ष दलका नेतामा रञ्जन पौडेल चयन भएका छन् । राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन सोमबारदेखि भर्चुअल ‘सङ्घीय नमूना युवा संसद्’ सञ्चालन गरेको छ ।
यसरी नमूना युवा संसद्बाट चयन भएका प्रधानमन्त्री, सभामुख, मन्त्री, प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलका नेता र सांसदको भूमिकामा चयन भएका युवाले आजदेखि सङ्घीय नमूना संसद्सभाको अभ्यास गर्दै छन् । उनीहरुलाई सोमबार नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद् सञ्चालन, संसदीय शब्दावली र लोकतन्त्रबारे प्रशिक्षित गरिएको थियो ।
सोह्रदेखि २४ वर्ष उमेर समूहका ८० युवालाई संसदीय प्रणालीबारे जानकारी गराएर आज र भोलि(बुधबार) भर्चुअल रुपमा सङ्घीय नमूना युवा संसद्को अभ्यास गराइँदै छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले युवालाई कानून, संविधान, सम्यताको ज्ञान र स्वयम्सेवी भाव, अधिकार, कर्तव्य र दायित्व बोध गराउन संसदीय संसद्मा अभ्यास गराइने बताए । यसअघि यही असार २२ देखि २६ गतेसम्म भएको ‘प्रदेश नमूना युवा संसद्’बाट मुख्यमन्त्रीका भूमिकामा प्रदेश नं १ बाट नवीन पहाडी, प्रदेश नं २ बाट पूजाकुमारी साह, वाग्मतीबाट अश्मी सापकोटा, गण्डकी प्रदेशबाट सन्दीप गिरी, लुम्बिनीबाट सुरज भट्टराई, कर्णालीबाट प्रशान्त लामिछाने र सुदूरपश्चिमबाट सुरेन्द्र गिरी चयन भएका थिए ।
परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था र संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । कोरोना भाइरसका कारणले यस वर्ष परिषद्ले भर्चुअल कार्यक्रम सञ्चालन गरेको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij