असार ३१,देवदह। प्रदेश ५ सरकारको एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने नीति अन्तर्गत देवदह नगरपालिकामा निर्माण गर्न लागेको नर बहादुर स्मृति खेलमैदान निर्माण सम्पन्न नहुदै विवादित बनेको थियो। योजना अनुसारको काम नबहेको भन्दै टोल विकास संस्था र स्थानीयले बिरोध जनाएका थिए।
कार्यक्रम :कृषिका कुरा ।
देवदह नगरपालिका वडा नम्बर ५ को पानावारीमा निर्माण हुन गैरहेको खेल मैदानको फिलिंगको लागि जिम्मा पाएको हेटौडाको सास्वत कन्ट्रक्सनले जिम्मा लिई काम गरेको र निर्माण वापतको २२ लाख रकम भुक्तानी भैसकेको छ। बाँकी रहेको २७ लाख रुपैंया नगरपालिकाको बहुमत सदस्यले पारित गरि चेक काटिएको र भुक्तानी दिने तयारी गरिएको भन्दै देवदह नगर प्रबक्ता झिल्लु प्रसाद न्यौपानेले असन्तुस्टी जनाएका हुन्।
प्रबक्ता न्यौपाने सहित वडा नम्बर १२ का वडा अध्यक्ष बाबुलाल यादब ,कार्यपालिका सदस्य बन्धु कुमाल र बिष्णु पाण्डेले नोट अफ डिसेन्ट लेखेका हुन्।
प्रदेश ५,सरकारले शहीद नरबहादुर नेपाली फुटबल खेलमैदान निर्माणको लागि बजेट विनियोजन गरेको थियो । हेटौडामा रहेको शास्वत कन्ट्रक्सन कम्पनीले करिव ५७ लाखमा उक्त योजनाको ठेक्का लिएको थियो।सरकारको एक स्थानीय तह, एक खेलमैदान अनुरूप प्रदेश सरकारको लगानीमा खेलमैदानको निर्माण हुन लागिरहेको थियो।
खेल मैदानको फिलिंगको काम पुरा नभई कागजपत्र मिलाएर रकम भुक्तानी दिन खोजेको भन्ने कुरा आएपछि पुनः मूल्यांकन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने देवदह नगरपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो। तर पछि उक्त मुद्दा अख्तियारमा दर्ता भए पछी हाल बिचारधीन रहेको छ। निर्माणको ठेक्का लिएको कम्पनीले सुरुमा नियमानुसार काम भएको र आफुले काम गरेको रकम पाउनुपर्ने अडान राख्दै आएको भए पनि पछी सम्झौता अनुसार काम नभएको स्वीकार्दै फेरि काम गर्ने प्रस्ताब ल्याएको तर अख्तियारमा मुद्दा दर्ता भइसकेको कारण काम अगाडी बढाउन नसकिएको प्रबक्ता न्यौपानेले बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij