बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

काठमाडौंबाट बुटवल हिँडेकी युवतीलाई वीरगञ्ज पुर्‍याएर पटक-पटक बलात्कार

काठमाडौंबाट बुटवल हिँडेकी युवतीलाई वीरगञ्ज पुर्‍याएर पटक-पटक बलात्कार

images
  • 2.0K
    SHARES

  • images
    images
    images
    काठमाडौंबाट बुटवल हिँडेकी युवतीलाई वीरगञ्ज पुर्‍याएर पटक-पटक बलात्कार
    images
    images
    images

    काठमाडौं। रुकुम घर भइ काठमाडौंमा बस्दै आएकी १९ वर्षीया निशा (नाम परिवर्तन) गत असार २७ गते, आइतबार बुटवल जाने भनेर काठमाडौंको कलंकी चोकमा बस कुरेर बसेकी थिइन्। साथमा २ वर्षीय छोरोसमेत बोकेकी उनलाई एउटा ट्रकका चालकले लिफ्ट दिने 'अफर' गरे।

    चालक सुनील महतोले 'लकडाउन छ, बुटवल जाने बसहरु चल्दैनन्, नारायणगढसम्म म पुर्याइदिन्छु, भाडा पनि तिर्नु पर्दैन' भनेपछि निशा कलंकीबाट आइतबार दिउँसो करिब १ बजेतिर ना ५ ख २८७० नम्बरको ट्रक चढिन्। 

    images
    images
    images

    नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ-ठाउँमा पहिरो गएका कारण आइतबार ट्रक जाममा पर्‍यो। जाममा परेको मौका छोपेर ट्रक चालक महतोले निशालाई ट्रकको क्याबिनभित्रै जबर्जस्ती करणी गरे। निशाले आफूमाथि बलात्कार भएको भनेर गुहार पनि मागिन्। तर, सुनसान रातमा, सडकमा रोकिएको ट्रक भित्रबाट उनको पुकार कसैले सुनेनन्। 

    तेस्रो दिन मंगलबार मात्रै जाम खुलेपछि ट्रक चालक सुनिलले उनलाई नारायणगढमा छाड्ने नभइ बुटवलसम्मै पुर्‍याइदिने बताए। सुनिलले असार २९ गते मंगलबारसम्म निशालाई आफूसँगै राखे।  

    मंगलबार दिउँसो १ बजेतिर चितवनको रामनगरसम्म ल्याएर बुटवल जाने गाडी भन्दै निशालाई उनले अर्को ट्रकमा चढाए। रामनगरबाट निशा ना ६ ख ३३६९ नम्बरको ट्रकमा चढिन्। ट्रक चालक शिवबालक महतोले गाडी बुटवलतर्फ लगेनन्। 

    बुटवल जाने भनेकी निशालाई सुनिलका साथी शिवबालकले आफूले चलाएको ट्रकमा राखेर पर्साको वीरगन्जतर्फ लगे। वीरगन्ज नपुग्दै रातको समयमा बारास्थित जंगल क्षेत्रमा आइपुगेपछि सडक छेउमा ट्रक रोकेर शिवबालकले पनि पटक–पटक निशामाथि बलात्कार गरे। 

    असार ३० गते बिहान फेरि परवानीपुर सडकखण्डमा पनि शिवबालकले पटक–पटक निशामाथि बलात्कार गरे। निशालाई उनीहरुले कहाँ जान लागेको भनेर जानकारीसम्म दिएका थिएनन्। असार ३० गते बिहान ८ बजे परवानीपुर पुगेपछि शिवबालकले आफ्ना सहचालक इन्दल चौहानलाई गाडी चलाइ सुख्खा बन्दरगाहसम्म पुर्‍याउन भने। 

    परवानीपुरबाट सुख्खा बन्दरगाहसम्म गाडी चलाउन पाएका सहचालक इन्दलले पनि ट्रक रोकेर निशामाथि बलात्कार गरे। ट्रकमा पहिलेदेखि नै सवार जिल्ला पर्सा कटिबलुवा घर बताउने भोला भन्ने अन्दाजी ४० वर्षीय पुरुषले पनि निशामाथि बलात्कार गरे। 

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार निशा असार ३० गते (बुधबार) साँझ वीरगन्ज सुख्खा बन्दरगाह क्षेत्रमा अलपत्र अवस्थामा फेला परेकी थिइन्। 

    प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले उनको उद्दार गरेर सोधीखोजी गर्ने क्रममा निशाले आफूमाथि पटक–पटक बलात्कार भएको घटना सुनाएकी हुन्। 

    निशाको बयानपछि प्रहरीले तत्कालै २ वटा ट्रकका चालकलाई पक्राउ गरेको थियो। 

    प्रहरीले अहिलेसम्म ना ५ ख २८७० नम्बरको ट्रकका चालक पर्साको वीरगन्ज महानगरपालिका–२१ बस्ने सुनील महतो र ना ६ ख ३३६९ नम्बरको ट्रकका चालक पर्साको पोखरिया नगरपालिका–६ घर भएका २५ वर्षीया शिवबालक महतोलाई पक्राउ गरेको छ। 

    पीडित युवती निशालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर जाहेरी दर्ता गराई दुवै जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको डीएसपी खनालले जानकारी दिए। दुवै जनाविरुद्ध अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ। 

    निशामाथि बलात्कारमा संलग्न रहेका ना ६ ख ३३६९ नम्बरको ट्रकका सहचालक पर्साको पोखरिया नगरपालिका–६ नै घर भएका २७ वर्षीय इन्दल चौहान र सोही ट्रकमा सवार पर्साको कटिबलुवा घर भएको बताउने अन्दाजी ४० वर्षका भोला भनिने व्यक्ति भने फरार छन्। प्रहरीले तदारुकताका साथ उनीहरुको खोजी भइरहेको बताएको छ। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, श्रावण १ २०७८११:४६:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij