बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लुम्बिनी सरकारले प्रदेश सभा अन्त्य गरेर अध्यादेशबाट ल्यायो बजेट

लुम्बिनी सरकारले प्रदेश सभा अन्त्य गरेर अध्यादेशबाट ल्यायो बजेट

images
  • 306
    SHARES

  • images
    images
    images
    लुम्बिनी सरकारले प्रदेश सभा अन्त्य गरेर अध्यादेशबाट ल्यायो बजेट
    images
    images
    images

    प्रदेश सभाबाट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ।बजेट पारित नभएपछि लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजे प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका थिए। 

    प्रदेश सभा अन्त्य भएपछि आज विहान बसेको लुम्बनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। ४० अर्ब ९५ करोड ९७ लाखको बजेट संसदमा पेश गरिएको थियो। बजेट संसदबाट हुन् नसकेपछि अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याइएको हो। 

    images
    images
    images

    बिहिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु अघि सत्तापक्षका सांसदहरू प्रदेश सभा बैठक छोडेर हिँडेका थिए। 

    विपक्षी दलका सांसदहरुले बहुमत नभएकाले बजेट पास नहुने बताएका थिए। बजेट पास गर्न सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति नभएपछि प्रदेशसभा सचिवालयले प्रदेश सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो। तर मध्यरातमा अधिवेशन अन्त्य गर्दै अध्यादेशबाट बजेट ल्याइएको हो।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, श्रावण १ २०७८१२:००:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij