देवदह। रुपन्देहीको देवदह नगरपालिकाले साउन १ र २ गते कोरोना बिरुद्दको खोप लगाउन सूचना जारी गरेको थियो। उक्त सूचनामा ५५ बर्ष कोरोना बिरुद्दको पहिलो मात्रा खोप ५५ बर्ष देखि माथि उमेर समुहका सबै नागरिक ,बिद्यालय,तथा क्याम्पसका प्राध्यापक तथा शिक्षक शिक्षिकाहरु,स्वास्थ्यकर्मी,अत्याश्वयक सेवाका कर्मचारी तथा छुटेका जनप्रतिनिधिलाई श्रावण १ र २ गते खोप लगाउन थालिएको उल्लेख गरिएको छ।
कार्यक्रम :कृषिका कुरा ।
सोहि सूचना बमोजिम देवदहका बिभिन्न स्वास्थ्य चौकीमा सम्बन्धित वडाका नागरिकलाई भ्याक्सिनलागौं थलिएको छ। देवदह नगरपालिका ५ ६ र ७ का नागरिकलाई देवदह स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ।जनसंख्याको हिसाबले पनि वडा नम्बर ५ ,६ र ७ वार्डमा खोप लगाउने संख्या बढी छ। बिद्यालय ,बैंक समेत रहेको ५ र ६ वडाका लागि तोकिएको केन्द्रमा जम्मा ९ सय खोप एको भन्दै सबै जेष्ठ नागरिकले खोप लगाउन नापेको गुनासो गरेका छन्।
साउन १ गते १० बजे आउन भनियो तर टोकन ७ बजे देखिनै वितरण गर्न थालेका रहेछन,सकियो भनेर फर्काइदिए आज फेरि आएको छु, आमालाई खोप लगाउन आएका स्थानीय दिपक बस्यालले भने।
५५ बर्ष देखि माथि उमेर समुहका सबै नागरिक ,बिद्यालय,तथा क्याम्पसका प्राध्यापक तथा शिक्षक शिक्षिकाहरु,स्वास्थ्यकर्मी,अत्याश्वयक सेवाका कर्मचारी भनिए पनि भ्याक्सिनको दुरुपयोग भएको गुनासो आएको छ। देवदह स्वास्थ्य चौकी बाट ९ सय मात्रै भ्याक्सिन लगाउने भनिएकोमा व्यापक बिरोध भए पछि थप एक सय भ्याक्सिन थप गरिएको छ।
तोकिएको संख्या भन्दा कम भ्याक्सिन आएको कारण धेरै जना खोप लगाउन बाट बन्चित भएको र पहिलो प्राथमिकता कर्मचारीलाई भन्ने माथिको आदेश भएको जानकारी पाए पछि खोप लगाउन नपाएको स्थानीय चेत नारायण गिरीले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij