देवदह। त्रिभुवन विश्व बिद्यालयले प्रकाशन गरेको बिबिएस चौथो बर्षको नतिजामा स्वर्णिम सगरमाथा कलेज देवदहका बिद्यार्थी सुस्मा गैरेले नेपाल टप गरेकी छिन। बि.बि.एस चौथो बर्षको नतिजामा ब्याबस्थापन तर्फ स्वर्णिम सगरमाथा कलेजकी गैरेले ८२ प्रतिशत अंक सहित नेपाल टप गरेको कलेजका प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले बताउनुभयो।
कार्यक्रम :कृषिका कुरा ।
सुस्मा गैरे सहित उत्कृष्ट नतिजा प्राप्त गर्ने पुनम जैशी ६७ % प्रशान्त रीमाल ६० % रेनुका थारु ५९ %लक्ष्मी पौडेल ५८.८ % लाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ। कलेजमा आयोजित सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले देवदहको शिक्षा क्षेत्रमा पछिल्लो समय सुधार आएको बताउनुभयो। उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थीलाई शुभकामना दिंदै खत्रीले मिहेनत गरेरनै सफलता प्राप्त गर्न सकिने बताउनुभयो।
२०६४ साल देखि प्लस २ स्थापना भएको कलेमा शिक्षा, वाणिज्य, मानविकी, बिज्ञान र होटल म्यानेजमेन्ट संकायमा स्नातक तह सञ्चालनमा रहेको र कलेजमा यस अघि पनि बिद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गरेको प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले बताउनुभयो।
बधाई तथा शुभकामना कार्यक्रममा अभिभावक बासु रिमाल, यज्ञ गैह्रे, कलेजका अध्यक्ष ऋषिरामा सापकोटा लगायतले बोलेका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij