बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ज्योतिषीको भविष्यवाणी :आजै विश्वासको मत लिए देउवा शक्तिशाली हुन्छन

ज्योतिषीको भविष्यवाणी :आजै विश्वासको मत लिए देउवा शक्तिशाली हुन्छन

images
  • 300
    SHARES

  • images
    images
    images
    ज्योतिषीको भविष्यवाणी :आजै विश्वासको मत लिए देउवा शक्तिशाली हुन्छन
    images
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले आज विश्वासको मत लिनका लागि अनुकूल समय रहेको बताएका छन् । यसअघि देउवा प्रधानमन्त्री हुनेबारे भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी रिजालले आज देउवाको कार्यसिद्धि योग रहेको बताएका छन् ।

    प्रधानमन्त्री देउवाले पनि आजै अपरान्ह ४ बजे विश्वासको मत लिँदै छन् । यसका लागि विश्वासको मत लिने बारे पत्र संसद सचिवालयमा दर्ता भइसकेको छ ।

    images
    images
    images

    ‘सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु भएको छ,’ ज्योतिष रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शक्तिको उपासना गर्दै शक्तिशाली अवस्थामै रहँदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरु भएको गुप्त नवरात्रअन्तर्गत आज नवमी तिथि, सूर्य ग्रहकोबार, आईतबार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लगि आजको दिन विशेष कार्य शिद्धिको योग परेको छ ।’

    अबको सरकारले नेपाली जनताले विश्वास गरेअनुसार नै काम गर्ने पनि उनले बताएका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३ २०७८१२:२८:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij