काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्।आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले बिश्वासको मत पाएका हुन्।
प्रधानमन्त्री देउवाले विश्वासको मतका लागि प्रस्तुत प्रस्ताव बहुमतले पारित भएको छ।आज संघीय संसद भवनमा २४९ जना सांसद उपस्थित भएकोमा पक्षमा, १६५, विपक्षमा ८३ मत परेको छ। यस्तै एकजना तठस्थ बसे।
देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij