निर्मल एसपी मगर
देवदह ६ साउन । देवदहमा गत साउन १ र २ गते छुटेका ५५ बर्ष उमेर समुह भन्दा माथिका नागरिक र शिक्षकहरुलाई साउन ७ गते कोरोना विरुद्धको भेरोसिल खोप लगाइने भएको छ।
कार्यक्रम :कृषिका कुरा
कोरोना बिरुद्दको पहिलो मात्रा खोप ५५ बर्ष देखि माथि उमेर समुहका नागरिक ,बिद्यालय,तथा क्याम्पसका प्राध्यापक तथा शिक्षक शिक्षिकाहरु,स्वास्थ्यकर्मी,अत्याश्वयक सेवाका कर्मचारी तथा छुटेका जनप्रतिनिधिलाई साउन १ र २ गते लगाइएको थियो। २ दिनमा ३ हजार ६० जनाले कोरोना बिरुद्दको भ्याक्सिन लगाएका थिए।
साउन १ र २ गते भ्याक्सिन लगाउन छुटेका ३ सय २० शिक्षक र ५५ बर्ष भन्दा माथिका नागरिक गरि करिब ८ सय जनालाई खोप लगाउन लागिएको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ। खोपको मात्रा कम आएको र संख्या बढी भएको कारण यस अघि सबै नागरिकले खोप लगाउन पाएका थिएनन। व्यवस्थापन कमजोर भएको भन्दै नागरिकले आलोचना समेत गरेका थिए। यद्यपि स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले भने पर्याप्त मात्रामा खोप नहुँदा समस्या भएको बताए।
देवदहमा खोपको मात्रा ल्याउन पहल गरिएको र एक हप्ता भित्र जोनसन एण्ड जोनसनको खोप आउने अपेक्षा गरिएको देवदह स्वास्थ्य चौकीका डिलेश्वर श्रेष्ठले बताए।
कुन कुन स्वास्थ्य संस्थामा कहिले लगाइदै छ ??
कोरोना बिरुद्दको भेरोसिल खोप देवदह नगरपालिकाको वडा नम्बर ५ ,६ र ७ का ५५ बर्ष भन्दा माथिका नागरिकहरुका लागि श्रावण ७ गते देवदह स्वास्थ्य चौकीमा लगाइदै छ ।
त्यसै गरि वडा नम्बर १,२, ३, ११ र १२ का ५५ वर्ष भन्दा माथिका नागरिकहरुका लागि केरवानी स्वास्थ्य चौकीमा श्रावण ७ गते खोप लगाइदै छ। त्यसैगरी देवदह नगरपालिका वडा नम्बर ४ को लागि शहरी स्वास्थ्य केन्द्र भवानीपुरमा साउन ७ गते लगाइदै छ।
वडा नम्बर ८,९ र १० का लागि देवदह मेडिकल कलेजमा श्रावण ७ गते खोप केन्द्र स्थापना गरि खोप लगाउन लागिएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताउनुभयो।
साउन १ र २ गते खोप लगाउन छुटेका ३ सय २० शिक्षकहरुका लागि दुर्गा पंचायन मन्दिर शितलनगरमा खोप लगाउने व्यवस्था गरिएको छ।
गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij