बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बागलुङ गलकोट फेरिए ३ सय ४१ विपन्नका छाना

बागलुङ गलकोट फेरिए ३ सय ४१ विपन्नका छाना

images
  • 267
    SHARES

  • images
    images
    images
    बागलुङ गलकोट फेरिए ३ सय ४१ विपन्नका छाना
    images
    images
    images

    साउन ६ बागलुङ। गलकोट नगरपालिकाका ३४१ घर खरको छानाबाट मुक्त भएका छन्। आर्थिक वर्ष २०७६÷७७ मा १९० र गत आवमा १५१ घरमा रहेका खरका छाना हटाएर जस्तापाताले छाइएको हो। नगरपालिकाका अनुसार अब ६७ घरका छाना फेर्न बाँकी छ।

    जस्तापाता खरिदका लागि नगरपालिकाले अनुदान दिँदै आएको र चालु आवभित्र नगरका सबै खरका छाना विस्थापित गर्ने योजना रहेको प्रशासकीय अधिकृत तुलबहादुर विकले जानकारी दिए। 

    images
    images
    images

    सङ्घ सरकारको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमको बजेट पनि खरका छानामुक्त अभियानमा खर्च भइरहेको छ। उक्त कार्यक्रमका लागि छनोटमा परेका परिवारले ५० हजार अनुदान पाउने गरेका छन् । यस वर्ष पनि सोही शिर्षकका लागि बजेट माग गरेर पठाइएको नगरप्रमुख भरत शर्मा गरैले बताए।

    “ विपन्न परिवारलाई सुरक्षित छानामुनि ल्याउन नगरपालिका आफैँले लगानी गरेको र घरको लागत अनुमान हेरेर जस्तापातका लागि अनुदान जान्छ”, नगरप्रमुख गैरेले भने, “आउँदो एक वर्षभित्रमा नगर खरका छानामुक्त बन्छ।” नगरपालिकाले दुई वर्षअघि खरका छाना विस्थापन गर्ने अभियान थालेको थियो।

    खरको छानोमुनि कष्टकर जीवन गुजारिरहेका परिवारलाई सुरक्षित आवास दिलाउन नगर सहारा बनेको हो। ढुङ्गा या जस्तापाता हालेका र खरले छाएका तर दुई घर भएका परिवारले भने अनुदान नपाउने नगरपालिकाले जनाएको छ । आर्थिकरूपमा सक्षम परिवारले भने आफँै पनि खर हटाएर जस्तापाताले घर छाउन थालेका छन्।

    जस्तापाता खरिद र ढुवानीमा नगरपालिकाले सघाए पनि छानो छाउने काम भने अनुदान पाउने परिवार आफैँले गर्दै आएका छन्। आर्थिक विपन्नताका कारण खरको छानोमुनि आश्रय लिइरहेका परिवारहरु वर्षौँदेखि विभिन्न समस्या झेल्न बाध्य थिए । वर्षायाममा पानी चुहिने, पटक–पकट खरले छाइरहनुपर्ने झन्झटबाट अब उनीहरुलाई मुक्ति मिलेको छ।

    नगरपालिकाको सहयोगमा छानो फेर्न पाउँदा स्थानीयवासी पनि खुशी छन् । गलकोटसँगै यहाँका १० वटै स्थानीय तहमा खरका छाना विस्थापन गर्ने अभियानले यो वर्ष पनि निरन्तरता पाएको छ। रङ्गीचङ्गी जस्तापाता पाएपछि गाउँ बस्तीमा रहेका विपन्न परिवारका घरले विस्तारै मुहार फेर्दैछन्। रासस 
     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण ६ २०७८०९:१६:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij