बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

लाखौँ नगद सहित १२ जुवाडे पक्राउ

लाखौँ नगद सहित १२ जुवाडे पक्राउ

images
  • 468
    SHARES

  • images
    images
    images
    लाखौँ नगद सहित १२ जुवाडे पक्राउ
    images
    images
    images

    काठमाडौँ: काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ।स्थानीय  दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको हो। 

    महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घरधनी शेरचनसहित दोलखा चरिकोटका हरिशरण थापा, भारतको रक्सौल घर भई काठमाडौँ बस्ने राहुल गुप्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौँ शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ, काठमाडौँ जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीका चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई पक्राउ गरिएको छ।

    images
    images
    images

    उनीहरुका साथबाट रु तीन लाख नगद, तीन लाख ७० हजार बराबरको चेक र २१ बुक तास बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण ६ २०७८०९:३४:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij