मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

डण्डा लिएका ओली एकाएक ठण्डा भए:नेपाललाई दोस्रो अध्यक्ष दिन तयार

डण्डा लिएका ओली एकाएक ठण्डा भए:नेपाललाई दोस्रो अध्यक्ष दिन तयार

images
  • 380
    SHARES

  • images
    images
    images
    डण्डा लिएका ओली एकाएक ठण्डा भए:नेपाललाई दोस्रो अध्यक्ष दिन तयार
    images
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता बचाउने शर्तमा वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् ।

    बुधवार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भनवनमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरे । उनले पार्टी एकतामा आए वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउन पनि आफु तयार रहेको स्पष्ट पारे । ओलीले पार्टी एकताको लागि आफु लचिलो भएको भन्दै कार्यदलले बुझाएको १० बुँदे सहमती कार्यान्वयन गर्ने प्रतिवद्धता पनि गरे ।

    images
    images
    images

    त्यस्तै बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधानको मर्मविपरित भएको ठहर गरेको छ ।

    बैठकपछि सञ्चारकर्मी सँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई खल्बल्याउने तथा संविधानलाई नै कमजोर बनाएको बताए । उनले संविधानको धारा ७६ (५)को निर्दलीय व्याख्या भएको र त्यसमा एमालेको असहमती रहेको पनि स्पष्ट पारे ।बैठकमा बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी बताएका छन् ।

    उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् । “पार्र्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिइने अध्यक्ष ओलीले बताउनु भयो । ”

    एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले जनताको पक्षमा काम गर्र्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पूरानै अवस्थामा पु¥याउने, प्रतिपक्ष दलको हैसियतमा जन सरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने गरी अघि बढने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए । प्रतिकूल परिस्थितिमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले ४१ महिनामा राम्रो काम गरेको समिक्षा गर्दैै धन्यवाद समेत दिएको छ । बैठकले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसा १ बजे मनाउने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

    तीन दिन देखि जारी एमाले केन्द्रीय समिति बैठक आज पनि बस्नेछ ।

     

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    • बिहिवार, श्रावण ७ २०७८०८:२३:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij