देवदह ९ साउन। रुपन्देहीको देवदह नगरपालिका ९ घोडाहा बुद्धनगरलाई स्मार्ट कृषि गाउँ घोषणा गरेको यहि माघमा ३ बर्ष पुग्दैछ।मुख्यमन्त्रि शंकर पोखरेलले देवदह बुद्दनगरमा स्मार्ट कृषि गाउँको उद्घाटन गरि स्मार्ट कृषि गाउँ घोषणा गरेका थिए। प्रदेश ५ सरकारले २०७५ साल माघ महिनामा लुम्बिनी प्रदेशका ५२ ओटा गाउँ छनोट गरि एउटा गाउँलाई ५० लाख बजेट उपलब्ध गराउने गरी ५२ वटा गाउँका लागि प्रदेश सरकारले २६ करोड बजेट छुट्टाएको थियो। छनौट भएका गाउँका किसानलाई प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने र सो बजेटमा किसानहरुले थप १० लाख लगानी गरेर कृषि गर्न सक्ने व्यवस्था गरेको थियो।
भिडियो हेर्नुहोस
स्मार्ट कृषि गाउँ मापदण्ड अनुसार छनोट सिफारिस भएका गाउँमा सिँचाइको सुविधा, एक स्मार्ट कृषि गाउँमा कम्तीमा ५० घरधुरी परिवार समेटिनुपर्ने त्यस्तै पशुपालनतर्फ गाई वा भैँसी दुहुनो कम्तीमा तीन सय वटा प्रति गाउँमा हुनुपर्ने, भेंडाबाख्रा माउ कम्तीमा पाँच सय वटा प्रतिगाउँ, ब्रोइलर कुखुरा कम्तीमा १० हजार प्रति र १० हजार अण्डा प्रतिदिन हुनुपर्ने मापदण्ड रहेको छ ।
स्मार्ट कृषि गाउँ घोडाहा छनोट भएको ३ बर्षको अवधिमा २०७६ साल कोभिडका कारण प्रभावित भए पनि दुई बर्ष भने आयोजनाहरु सम्पन्न भएको छ। सुरुमा १ सय ५० घर धुरी ५ समूह बनाएर सुरुवात गरे पनि हाल कृषि गर्नेको संख्या घटेर ५०/५५ को हाराहारीमा झरेको छ।
स्मार्ट कृषि गाउँको लागि पहिलो बर्ष प्रदेश सरकारको ५० लाख र कृषक समुहको १० गरि ६० लाख,दोस्रो बर्ष कोभिडले प्रभाव परेको र तेस्रो बर्ष ३० लाख प्रदेश सरकार र कृषक समुहको १८ लाख गरि ४८ लाख लगानी भैसकेको स्मार्ट कृषि गाउँका संयोजक पिताम्बर खराल बताउछन। यद्यपि कृषि उत्पादन भने सोचे अनुरुप हुन् सकेको छैन।
यहि बर्ष देखि बुद्दनगरको महामाया चोकमा स्मार्ट कृषि गाउँको तर्फ बाट तरकारी पसल संचालन गरि उत्पादन भएका तरकारी,फलफुल बजारीकरणक लागि सहज गराउने गरि योजना बनेको संयोजक खरालले बताए।
देवदह नगरपालिकाले स्मार्ट कृषि गाउँका लागि कुनै कार्यक्रम नल्याएकोगुनासो गर्दै संयोजक खरालले ,हरेक किसिमका अनुदान आउँदा कृषकलाई जानकारी हुनुपर्ने कागजी प्रक्रिया सहज बनाउनुपर्ने र देवदह नगरपालिका कृषि शाखाले कृषि हेल्प डेस्क स्थापना गरि सेवा प्रवाह गर्न सके कृषकलाई सहज हुने बताउछन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij