देवदह। रुपन्देहीको देवदहमा आज एक कार्यक्रमका बीच बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय सस्तो प्रचार प्रसार र लोकप्रियताका लागि बृक्षारोपण गर्ने होडबाजी चलिरहेको सन्दर्भमा देवदहमा रहेको लायन्स क्लब अफ देवदह र लियो क्लब अफ देवदहले भने लगाएको बिरुवा संरक्षण गर्ने गरि बृक्षारोपण गरेको हो।
लायन्स क्लब अफ देवदहको आयोजनामा क्लबले संञ्चालन गरेको आँखा अस्पताल कम्पाउन्ड भित्र भित्र लियो क्लब अफ देवदहले १० वटा र एक दर्जन जोडी सहित लायन्स क्लबमा आबद्ध सदस्यको जोडी, लायन्सका सदस्य, लियो क्लब अफ देवदहका सदस्य र पत्रकार सहितले संरक्षण गर्ने गरि ४१ वटा अशोकाको बिरुवा रोपिएको हो ।
बृक्षारोपण कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक गर्भनर अर्जुनमान शैजुले लायन्स क्लबले कोरोना महामारीको जोखिमको समयमा संकट समाधानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताए । लायन्स क्लब अफ देवदहले निर्माणधिन आँखा अस्पताल संचालनमा ल्याउनका लागी काम गरिरहेको बताउदै क्लिनिक संचालनमा आए पश्चात देवदह र आसपासका आँखाका बिरामीलाई उपचारका लागि सहज हुने बिश्वास समेत ब्यक्त गरे।अहिले लायन्स क्लबको बृक्षारोपण सप्ताहा चलिरहेको उल्लेख गर्दै बृक्षारोपण संगै संरक्षण पनि आवश्यक रहेको शैजुले बताए।
बुटवल लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले कोभिड संक्रमको जोखिम्कै बिचमा पनि क्लबले सामाजिक कार्यहरु गरिरहेको बताउदै यहि बर्ष भित्र बाट आँखा क्लिनिक संञ्चालनमा आउने बिश्वास व्यक्त गरे । बृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष बिष्णु प्रसाद पौडेल,लायन्स क्लब अफ देवदहका निवर्तमान अध्यक्ष राम बहादुर गुरुङ लायन्स र लियो क्लबका पदाधिकारी,सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष विनोद थापा मगरको अध्यक्षता र सचिव सिरु ओली सापकोटाको संञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij