काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याबारे अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको र दोषीलाई चाँडो कारवाही गर्न निर्देशन दिएको बताएका छन् ।
कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुगेको छ । सोही अवसरमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
गृहमन्त्री र प्रहरी प्रमुखहरुलाई बोलाएर उक्त घटनाबारे जानकारी लिएको उनको भनाइ छ । साथै घटनाका दोषी छिट्टै पत्ता लगाएर कारवाही गर्न निर्देशन दिएको पनि उनले बताए ।
धानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन् "निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारवाही गर्न निर्देशन पनि दिएको छु ।"
तीन वर्षअघि साउन महिनामा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर घटनाका दोषी हालसम्म भेटिएका छैनन् । तर दोषी पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले बारम्बार प्रदर्शन समेत गर्दैआएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij