बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने तयारी,नयाँ बनाउन भागबन्डा हुँदै

सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने तयारी,नयाँ बनाउन भागबन्डा हुँदै

images
  • 226
    SHARES

  • images
    images
    images
    सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने तयारी,नयाँ बनाउन भागबन्डा हुँदै
    images
    images
    images

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई÷दुईजना मन्त्री बनेका छन् । यस्तै, प्रधानमन्त्री देउवाले आइतबार एकजना राज्यमन्त्री थप गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिए पनि सबै दललाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

    सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने भएको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने सहमति शीर्ष नेताहरूबीच भएको छ । केहीलाई तत्कालै हटाउने तयारी छ ।

    गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ । आजै माधव नेपालसँग प्रचण्डले भेट गरेका छन् ।

    नेपालले नाम तत्कालै दिन एमाले एकता वा विभाजनको प्रक्रिया टुंगो नलागेकाले समस्या भएपछि तत्काल सबै प्रदेशका प्रमुख नहटाइ केहीलाई पदमुक्त गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

    हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

    प्यासी एमाले निर्वाचन आयोगका प्रमुख हुन् भने सीता पौडेल र धर्मनाथ यादव केन्द्रीय सदस्य हुन् । कलौनी र यादव पनि एमालेकै नेता हुन् भने राजेश झा अहिराज मधेशवादी अभियन्ता हुन् ।

    प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् । प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख नियुक्त भएका थिए । त्यस्तै गण्डकी प्रदेशमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर गत वैशाख २० गते पौडेल प्रदेश प्रमुख नियुक्त भएकी थिइन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण १२ २०७८०३:१५:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij