काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै छन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् ।
गौरिकाको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij