देवदह। देवदह नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयमा बिद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराई पठन पाठन नगराउन निर्देशन दिएको छ।
कार्यक्रम :कृषिका कुरा । भिडियो हेर्नुहोस
कोरोना संक्रमणको दोस्रो लहरका कारण मुलुक आक्रान्त भएको र संक्रमण नियन्त्रणका लागि शैक्षिक संस्था लगायत प्राय सबै क्षेत्र ठप्प छ। बिद्यालय संबेदनशील क्षेत्र भएका कारण बैकल्पिक माध्यम बाट शिक्षण सिकाई भैरहेको सन्दर्भमा कतिपय बिद्यालयले बिद्यार्थीलाई भौतिक रुपमानै उपस्थित गरेको कारण यसले जोखिम बढ्ने देखिन्छ।
बिहिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार शैक्षिक संस्थाहरु,प्रशिक्षण केन्द्रहरु,ट्युसन केन्द्र तथा भाषा कक्षा लगायत जमघट क्षेत्रहरु संचालन नगर्न निर्देशन आएको र नगरपालिका क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयले कडाईका साथ निर्णय पालना गर्न आग्रह गरिएको छ।
साथै निर्देशनको उलंघन नगरी पूर्ण रुपमा पालना गर्न र उलंघन भएको सूचना प्राप्त भएको अवस्थामा कारबाहीको दायरामा समेत ल्याउन बाध्य हुने बिज्ञप्तिमा उल्लेख गरिएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij