बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लुम्बिनी प्रदेशका प्रमुख शेरचनद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेशका प्रमुख शेरचनद्वारा पदभार ग्रहण

images
  • 210
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेशका प्रमुख शेरचनद्वारा पदभार ग्रहण
    images
    images
    images

    बुटवल। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।

    आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ भन्नुभयो ।

    images
    images
    images

    प्रमुख शेरचनले विद्यामान समावेशी र समानुपातिकसहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    “संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक ढङ्गले हिँड्ने स्थिति सिर्जना हुुनु हुँदैन । संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट हामीलाई छैन”, उहाँले भन्नुभयो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, श्रावण १५ २०७८०२:५२:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij