बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

धादिङका तीर्थले श्रीमतीलाई मारेर आफुले पनि प्राण त्यागे

धादिङका तीर्थले श्रीमतीलाई मारेर आफुले पनि प्राण त्यागे

images
  • 515
    SHARES

  • images
    images
    images
    धादिङका तीर्थले श्रीमतीलाई मारेर आफुले पनि प्राण त्यागे
    images
    images
    images

    धादिङ। दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् ।

    खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

    images
    images
    images

    छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै रक्सी खाएका थिए । खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेको छिमेकीहरूले बताएका छन् । घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनुभयो।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण १९ २०७८०९:०१:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij