बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पूर्वकप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

पूर्वकप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

images
  • 298
    SHARES

  • images
    images
    images
    पूर्वकप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा
    images
    images
    images

    काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी दिनुभएको छ ।

    उहाँले भन्नुभएको छ, ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्, मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’

    images
    images
    images

    उहाँले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गर्नुभएको थियो । उहाँले भन्नुभएकाे छ- ‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु, मैदानभित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन्।’

    उहाँले अन्तर्राष्ट्रिय क्रिकेटरबाट सन्यास लिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै ‘बामे सर्दै’ गरेको बताउनुभएकाे छ । ‘मेरो जीवनमा मैले देखेको सपना भनको नै नेपाली क्रिकेटको उन्नति हो’, उहाँले भन्नुभएकाे, ‘तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ। इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवशय पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौँ।’

    पारसकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण १९ २०७८०९:१२:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij