बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

माधवले प्रचण्डलाई भेटे,आजै ओली संग भेटवार्ता हुँदै

माधवले प्रचण्डलाई भेटे,आजै ओली संग भेटवार्ता हुँदै

images
  • 281
    SHARES

  • images
    images
    images
    माधवले प्रचण्डलाई भेटे,आजै ओली संग भेटवार्ता हुँदै
    images
    images
    images

    काठमाडौं । नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा बस्नुअघि नेता नेपाले प्रचण्डसँग छलफल गर्नु भएको हो ।

    अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने बताइएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच आज साँझसम्म भेटवार्ता हुने छ । तर, समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।

    images
    images
    images

    प्रचण्ड र नेपाल दुवैको सचिवालयले मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गरे । कोटेश्वरको एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुग्नुभएको हो । भेटवार्तामा समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा कुरा भएको बताइएको छ ।

    सोमबार एमालेको नेपाल समूहले पार्टी तत्कालमा देउवा सरकारमा सहभागी नहुने र पार्टी एकता नै गर्न पहल गर्ने निर्णय थियो । सत्तारुढ गठबन्धले भने एमालेको नपाल पक्षालाई पनि सरकारमा सहभागि राउने प्रयास गर्दै आएको छ ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरुको बैठकले न्युनतम सहमति भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण १९ २०७८१०:१२:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij