बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

खेलौना पेस्तोल देखाएर धाकधम्की दिएको अभियोगमा २ जना पक्राउ

खेलौना पेस्तोल देखाएर धाकधम्की दिएको अभियोगमा २ जना पक्राउ

images
  • 482
    SHARES

  • images
    images
    images
    खेलौना पेस्तोल देखाएर धाकधम्की दिएको अभियोगमा २ जना पक्राउ
    images
    images
    images

    कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । 

    उक्त संस्थामा बा.६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पारी भागी फरार भएको भन्ने जानकारी प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्घबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटर सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण २० २०७८०८:५६:३४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij