बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्याङ्जाका ६६ किसानलाई १२ लाख अनुदान

स्याङ्जाका ६६ किसानलाई १२ लाख अनुदान

images
  • 368
    SHARES

  • images
    images
    images
    स्याङ्जाका ६६ किसानलाई १२ लाख अनुदान
    images
    images
    images

    स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिकाले बटुवाका ६६ जना किसानलाई रु १२ लाख अनुदान वितरण गरेको छ। गल्याङ नगरपालिका–२ बटुवामा रहेको बटुवा दुग्ध उत्पादन सङ्कलन केन्द्रमा दूध सङ्कलन गर्ने ६६ जना किसानलाई दूध उत्पादनका आधारमा प्रतिलिटर १५ का दरले ११ लाख ८६ हजार ५७५ वितरण गरेको हो।

    निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिकतातर्फ जोड दिँदै आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिका प्रतिलिटर १५ का दरले अनुदान उपलब्ध गराउँदै आएको नगर प्रमुख भूपराज अधिकारीले बताए।

    images
    images
    images

    “किसानलाई अनुदानको व्यवस्थाले व्यावसायिकतातर्फ अगाडि बढ्न उत्साहित गरेको छ”, नगरप्रमुख अधिकारीले भने, “किसान पूर्णरुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम निरन्तर रहने छ।”कृषि तथा पशुपालन गर्दै आएका किसानले उत्पादन गरेका दूध तथा दुग्धजन्य पदार्थ साथै कृषिजन्य सबै उत्पादनको बजारीकरणका लागि नगरपालिकाले ग्यारेन्टी लिने नगर प्रमुख अधिकारीले बताए।

    नगरपालिकाले गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत यस ठाउँका १७ जना किसानलाई जनही ७२ हजारका दरले रु सात लाख १४ हजार वितरण गरेको पशु शाखा प्रमुख सुशील अर्यालले बताए। गाई पकेट कार्यक्रम तथा दूधमा अनुदान कार्यक्रमले गल्याङ नगरभित्रका किसानलाई थप हौसला मिलेको शाखा प्रमुख अर्यालले बताए।

    दुग्ध सङ्कलन केन्द्रमा सबैभन्दा धेरै दूध सङ्कलन गरेबापत प्रतिलिटर १५ का दरले छ महिनामा अनुदानवापत दुई लाख ४० हजार ८५९ प्राप्त गरेको किसान टीकाकुमारी रानाले बताए।

    “जतिमात्रामा दूध उत्पादन गरे पनि सङ्कलन केन्द्रमार्फत बिक्री गर्न सहज भएको छ भने अनुदानस्वरुप प्रतिलिटर १५ प्राप्त हुन्छ”, किसान रानाले भन्नुभयो, “यसले मजस्ता किसानलाई थप व्यावसायिकतातर्फ अगाडि बढ्न उत्प्रेरित गरेको छ, थप जोश र जाँगर थपिएको छ।” गल्याङ नगरपालिकालाई ‘सेतो शहर’ का रुपमा पहिचान दिने गरी नगरपालिकाले किसानलाई गाई, भैँसी अनुदानमा वितरण गर्दै आइरहेको छ भने उत्पादित दूधमा अनुदानसहित उत्पादित दूधको बजारीकरणका लागि सहयोग गरेको छ।रासस 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण २० २०७८०९:१२:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij