बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रदेश सांसद बिमला ओली भोलि सार्वजनिक हुँदै

प्रदेश सांसद बिमला ओली भोलि सार्वजनिक हुँदै

images
  • 582
    SHARES

  • images
    images
    images
    प्रदेश सांसद बिमला ओली भोलि सार्वजनिक हुँदै
    images
    images
    images

    दाङ । केही दिनदेखि मुख्यमन्त्री निवासमा बन्धक बनाइ राखिएको भनिएकी दाङ ३(ख) की प्रदेशसभा सदस्य बिमला खत्री ओली भोलि सार्वजनिक हुने भएकी छिन ।

    बन्धकको रुपमा राखिएकी खत्री भागेर सुरक्षित हुन सफल भए पनि आज आराम गरेर भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने उनी निकट स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    ‘उहाँ मुख्यमन्त्री निवासबाट बाहिरिएर सुरक्षित भइसक्नुभएको छ’,स्रोतले भन्यो, ‘सबै कपडालत्ता भित्रै छाडेर निस्केकाले आज आराम गर्नुहुन्छ, भोलि मात्रै सार्वजनिक हुन्छु भन्नुभएको छ ।’

    यो जानकारी उनले आफूसम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रलाई पनि गराइसकेकी छिन् ।

    ‘उहाँले पार्टी संसदीय दलका नेता कुलप्रसाद केसीलाई म्यासेज गरेर आफू घेरा तोडेर बाहिर आइसकेको र सुरक्षित भइसकेको जानकारी गराउनुभएको छ’– स्रोतले दाबी गर्दै भन्यो– ‘उहाँले आफूलाई बलजफ्ती एमालेको विज्ञप्तिमा हस्ताक्षर गराए पनि आफू माओवादी केन्द्रमै रहेको पनि स्पष्ट गर्नुभएको छ ।’

    आफूलाई बलजफ्ती उठाएर ल्याएको र बलपूर्वक हस्ताक्षर गर्न लगाएको उल्लेख गर्दै बिमलाले पत्रकार सम्मेलन गरी एमालेमा फर्केको घोषणा गर्न भनिए पनि आफूले ‘यही गर्न मलाई ल्याउनुभएको हो?’ भन्दै पत्रकार सम्मेलन गर्न नमानेको जानकारी पनि स्रोतले दिएको छ ।

    स्रोतका अनुसार बिमलालाई नियन्त्रणमा राख्न एक महिला सांसद र एक पुरुषलाई जिम्मा दिइएको थियो । ती महिला सांसद बाहिर निस्केको र पुरुष अनलाइन कक्षा पढिरहेको बेला बिमला निस्केको स्रोतको भनाइ छ । ‘आज धेरै तनावमा हुनुहुन्छ, फ्रेस भएपछि भोलि मात्रै मिडियामा बोल्छु भन्नुभएको छ’– स्रोतले भन्यो ।

    दाङ क्षेत्र नं. ३ को ‘ख’ बाट निर्वाचित खत्री गएको साउन १५ गते तुलसीपुरबाट सम्पर्कविहीन भएकी थिइन्। सम्पर्क भन्दा बाहिर गएपछि उनलाई पार्टीले खोजी कार्य सुरु गरेको थियो । सांसद खत्रीलाई एमालेका लुम्बिनी प्रदेशसभाका सचेतक भुमेश्वर ढकाल र नेता मानबहादुर रावतले तुलसीपुरबाट लगेका थिए।

    खत्रीको मोवाईलको लोकेशन पनि १५ गतेदेखि नै मुख्यमन्त्री कार्यालय वरिपरि देखाएको भन्दै अपहरणको शैलीमा उनलाई लगिएको प्रदेश सांसद दामाकुमारी शर्माले बताइन्। ‘उहाँ पार्टीको सम्पर्कमा नआएपछि मोवाईलको लोकेसन हेरेका थियौं’, उनले भनिन् ‘१५ गतेदेखि नै मुख्यमन्त्री कार्यालयमा रहेको लोकेसन देखाएको थियो।‘ खत्रीलाई अपहरणको शैलीमा लगिएको उनको दाबी छ।

    उनको नाममा सोमबार मात्रै विज्ञप्ति जारी गरी एमालेमा प्रवेश गरेको खबर बाहिर सार्वजनिक भएको थियो । २०७६ मंसिरमा भएको उपनिर्वाचनमा उनले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी बाट जितेकी थिइन्।

    त्यसपछि अदालतले दुई पार्टी एकता भन्दा पहिलेकै अबस्थामा पुगेको भनि फैसला गरेपछि उनले गएको बैशाख १९ गते बुटवलमा पत्रकार सम्मेलन गरि माओवादी केन्द्र रोजेकी थिइन्। उनका श्रीमान् उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन पछि सोही स्थानमा विमलालाई उम्मेदवार बनाइएको हो।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण २० २०७८०९:२४:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij