बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ?अर्थमन्त्री शर्मा

विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ?अर्थमन्त्री शर्मा

images
  • 343
    SHARES

  • images
    images
    images
    विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ?अर्थमन्त्री शर्मा
    images
    images
    images

    काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारबाट फर्किने नेपालीले विमानस्थलको भन्सार दुःख पाइरहेको गुनासो बढेकाले त्यसको समाधान गर्न निर्देशन दिएका छन्। बिहीबार भन्सार विभागको निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले वैदेशिक रोजगारीबाट फर्किने नेपालीहरु सास्ती पाउनु उपयुक्त नभएको बताए। 

    ‘जसले विदेशबाट डलर पठाएर विप्रेषण बढाएको छ, घर फर्कंदा उसैले बोकेर ल्याएको एउटा मोबाइल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती पाउने गरेको किन?’ मन्त्री शर्माले भने। 

    images
    images
    images

    मन्त्री शर्माले वैदेशिक रोजगारीबाट फर्कने नेपालीहरुले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिन्छ कि सकिदैन? भनेर प्रश्न समेत गरे। 
    मन्त्री शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा जोड दिए। ‘सेवाग्राहीको सन्तुष्टि महत्वपूर्ण कुरा हो। यसमा ध्यान दिँदै इमान्दारिता र पारदर्शितासहित आफ्नो सम्पूर्ण क्षमताका साथ काम गर्नुस्,’ मन्त्री शर्माले भने। 

    शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नको लागि नीति निर्माणमा अर्थमन्त्रालय र सम्वद्ध निकायहरुको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुसार दत्तचित्त भएर काम गर्न निर्देशन दिए। आफूले यतिबेला राजस्व छुटका विभिन्न फाइलहरुमा निर्णय गरिरहेको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘यस्ता छुट सुविधाहरु ताप्लेजुङ्ग र हुम्लाका किसानहरुसम्म पुग्ने गरेको पाइएन।आधारभूत तहका जनताले पनि छुट सुविधाको उपयोग गर्न पाउनुपर्‍यो। सामान्य खालका करदातालाई कस्ने ठूलठूलाहरुलाई मात्र छुट दिने काम भइरहेको देखियो।’ 

    मन्त्री शर्माले नेपाल आवद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु के कति देशको हितमा छन् भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको पनि बताए। ‘नेपाल समेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौताहरु नेपालको लागि परिणामुखी भए नभएको सम्बन्धमा अध्ययन जरुरी भइसकेको छ। तिनको अध्ययन समीक्षा गरेर आवश्यक कदम चाल्नुपर्ने अवस्था देखिएको छ,’ शर्माले भने। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, श्रावण २१ २०७८०८:४१:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij