बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लुम्बिनी प्रदेशको विशेष अधिवेशन साउन २७ गते आह्वान,बन्ला त नंया सरकार ?

लुम्बिनी प्रदेशको विशेष अधिवेशन साउन २७ गते आह्वान,बन्ला त नंया सरकार ?

images
  • 336
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेशको विशेष अधिवेशन साउन २७ गते आह्वान,बन्ला त नंया सरकार ?
    images
    images
    images

    बुटवल। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन्। साउन २७ गते १ः ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। 

    प्रदेशसभा सचिवालयले आज सूचना प्रकाशित गरी नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको बैठक आह्वान गर्नुभएको जनाएको छ।

    images
    images
    images

    प्रदेश प्रमुख शेरचनले प्रदेशसभा बैठक आह्वान गरे संगै लुम्बिनी प्रदेशमा नंया सरकार बन्ने चर्चा चलेको छ। मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्न साउन २७ गते दिउँसो १ बजेका लागि प्रदेशसभा आह्वान गरिएको हो ।

    लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोका ३४ जना सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।लुम्बिनी प्रदेश सरकारमा ८० सदस्यीय सांसद मध्य विपक्षी दलहरुसँग ४१ जना सांसद रहेका छन् । सत्तापक्षसँग ३८ जना मात्र सांसद रहेका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, श्रावण २१ २०७८०९:०६:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij