बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि दिन अघि सम्पर्क बिहिन भएर एमाले बनेर सार्बजनिक भएकी सांसद बिमला ओलीले लागेको आरोप निराधार भएको संकेत गरेका छन्।
सामाजिक संजालमा मुख्यमन्त्री शंकर पोखरेलले दुईजना माननियलाई 'फकाएर' राजिनामा गराउन सक्ने, ६ जनालाई 'अनुशासन'को डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई 'दल' परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई 'अपहरण'को आरोप पनि लगाएछ । ८७ सदस्यिय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ । भनेर लेखेका छन्।
लुम्बिनी प्रदेशको विशेष अधिबेशन साउन २७ गतेका लागि बोलाइएको छ। मुख्यमन्त्रीको बिरुद्दको अविश्वासको प्रस्ताब माथि पनि उक्त दिन छलफल हुनेछ। लुम्बिनी प्रदेश सरकारमा ८० सदस्यीय सांसद मध्य विपक्षी दलहरुसँग ४१ जना सांसद रहेका छन् । सत्तापक्षसँग ३८ जना मात्र सांसद रहेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij