बाँके। बैजनाथ गाउँपालिका-६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँत सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका-५ बस्ने ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धन बहादुर सुनार रहेका छन् ।
उक्त चोकमा अवैध वन्यजन्तुका अंगको खरिद बिक्री भइरहेको भन्ने सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दलबहादुरले बोकेको झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त दाह्रा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij