देवदह। देवदह नगरपालिका वडा नं. ९ को वडा कार्यलयले आफ्नै कार्यलयबाट वडा बासिलाई सेवा दिन सुरु गरेको छ। वडा कार्यालयले वडा नं.९ को बुद्दनगर घोडाहा कार्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न गरेपछि कार्यालयबाट सेवा दिन सुरु गरेको हो।
लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने र देवदह नगरपालिका नगर प्रमुख हिरा बहादुर खत्रीले शुक्रबार एक कार्यक्रमका बिच संयुक्त रुपमा नयाँ भवनको उद्घाटन गरेका छन् । भवनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य न्यौपानेले नगर भित्रका वडा कार्यालयहरुले नगरबासिहरुलाई सम्बन्धित वडामा कार्यलय भवन बनाई वडा बासिहरुलाई सेवा दिन सफल भएकोमा धन्यवाद व्यक्त गरेका छन्।
देवदह क्षेत्र पुरातात्विक,पर्यटकीय दृस्टीकोणले समेत उत्कृस्ट,प्राचिन कोलिय गणराज्यको राजधानी समेत रहेको भन्दै डा.न्यौपानेले देवदहको आर्थिक तथा भौतिक विकासका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो। रोहिणी नदीलाई सुन्दर तथा हरियाली बनाउन नदीको दुवै तर्फ करिडोर संचालन गर्ने गरि कार्ययोजना बनेको उंहाले बताउनुभयो।
नगर प्रमुख हिरा बहादुर खत्रीले नगर बासिहरुलाई वडाबाटै सहज रुपमा सेवा दिने नगरपालिकाको लक्ष्य रहेको बताए। २०७६ साल बैशाख महिनामा शिलान्यास गरिएको वडा नं.९ को वडा कार्यालय भवन उद्घाटन भए सँगै वडा नं. ९ का वडा बासिहरुले वडाको आफ्नै कार्यलयबाट सेवा लिन पाएका छन्।वडा नम्बर ४,५ र ६ को वडा भवन निर्माणको अन्तिम चरणमा रहेको नगर प्रमुख खत्रीले बताउनुभयो। देवदहमा 'क' वर्गको इलाका प्रहरी कार्यालय स्थापना गर्न पहल भैरहेको,स्वास्थ्य चौकीहरु समेत निर्माणको चरणमा रहेको बताउदै विकास निर्माणका लागि एकता र समुदायमा सहकार्य हुनुपर्ने नगर प्रमुख खत्रीको भनाई थियो।
देवदह नगरपालिकाका उपप्रमुख बिद्या लक्ष्मी गुरुङ,प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे,वडा अध्यक्षहरु,संघ संस्थाका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि सहभागी रहेको उद्घाटन कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष केशव प्रसाल भट्टराइले वडा कार्यालय निर्माणमा सघाउने विभिन्न संघ संस्था र व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम वडा अध्यक्ष भट्टराइको अध्यक्षता, वडा सदस्य खैराज शर्माको स्वागत र वडा सचिव मित्र थापाको संञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij