सुरज भट्टराई,देवदह। रुपन्देहीको देवदहमा ‘नो मास्क , नो मुभमेन्ट’ अभियान सुरु भएको छ । कोभिडको सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न देवदह प्रहरी चौकीको अगुवाईमा उक्त अभियान सुरु भएको हो।
अभियानमा लियो क्लब अफ लर्ड बुद्ध , लियो क्लब अफ देवदह , रोटोर्याक्ट क्लब अफ तिलोत्तमा देवदहले समेत साथ दिएका छन ।
बजारक्षेत्रमा हुने मानिसको चापलाई द्यानमा राखेर यात्रु, सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाइएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गंगा सारुले बताए । अभियानले ‘म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश दिने उनको भनाइ छ ।
सारुका अनुसार यो अभियान एक हप्ता सम्म संचालन हुने छ। कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहरको फैलिन सक्ने भन्दै देवदह क्षेत्रमा माक्स लगाउन कडाइ गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष शंकर पंगेनीले बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij