काठमाडौं। बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ। बालाजु प्रहरीका अनुसार रातिदेखि औद्योगिक क्षेत्रको बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको हो।
रातिदेखि लागेको आगो बारुणयन्त्रले पनि निभाउन नसकेपछि अहिले हेलिकप्टरको प्रयोग गरिएको छ। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पानी ट्यांकर, दमकलसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij