सुर्खेत। कालिकोटको नरहरीनाथ गाउँपालिका ७ की १८ वर्षीया एक युवतीले स्वास्थ्यकर्मी कमल बटालाले आफूलाई यौन दुव्र्यहार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छिन्।
साउन १९ गते राती साढे एक बजेको समयमा बटालाले आफूलाई जर्वजस्ती करणी गर्न खोजेको उनको दावी छ। युवतीले इप्रका कुमालगाउँमा निवेदन दर्ता गरेपछि प्रहरीले बटालाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी भुपेन्द्रबहादुर शाहीले बताए।
पीडित युवतीले भनिन्, ‘एक्कासी राति आएर ममाथि जबरजस्ति गर्न खोज्यो। यौन दुव्र्यवबहार गर्यो। मैले तलको कोठामा सुतेका दाजु र भाउजुलाई बोलाएपछि भाग्यो। २० गते मेरो घरमा आई पाँच सय रुपैंया दियो र बहिनी भन्दै टिका लगाएर मुद्दा मिलाउन प्रयास गर्यो। तर, मलाई अन्याय लागेर न्याय खोज्न प्रहरीमा आएकी हुँ।’
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij