देवदह। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा देवदहले एमसिसि, राजसंस्था पुनस्थापना,भारतीय हस्तक्षेप र महंगी बिरुद्द बृहत बृहत मोटरसाइकल र्याली निकालेको छ। र्यालिमा सहभागीहरुले संघियता खारेज गर, राज संस्था पुन स्थापना,एमसीसी चाहिदैँन,भारतिय हस्तक्षेप बन्द गर जस्ता प्ले कार्ड बोकेका थिए । उनिहरुले एमसीसी राष्ट्रघाती हो भन्दै यो सम्झौता कुनै हालतमा पारित गर्न नहुने नारा लगाएका थिए । देवदहको भलुहीबाट निकालिएको विरोध र्याली घोडाहा हुँदै शितलनगर सम्म मोटर साइकल र त्यस पछि पैदल खैरेनी सम्म बिरोध र्याली गर्दै कोण सभामा परिणत भएको थियो।
कोण सभामा राप्रपा केन्द्रिय सदस्य तोयानाथ लम्साल, प्रदेश नम्बर १ प्रदेश समिति अध्यक्ष कमल गौतम,युवक संगठन रुपन्देही जिल्ला सभापति शंकर खत्री पार्टीका नवलपरासी जिल्ला सदस्य देवि घिमिरे, रुपन्देही जिल्ला सदस्य लाल बहादुर ठकुरी, देवदह नगर अध्यक्ष माधव रिमाल लगायतले बोल्दै एमसीसी खारेज गर्न, भारीतय हस्तक्षेप बन्द गर्न, भ्रष्टचार, बलात्कार महंगी नियन्त्रण गर्न माग गरेका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij