बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

‘ओलम्पिकमा यौनको बिषयमा चर्चा’

‘ओलम्पिकमा यौनको बिषयमा चर्चा’

images
  • 425
    SHARES

  • images
    images
    images
    ‘ओलम्पिकमा यौनको बिषयमा चर्चा’
    images
    images
    images

    टोकियो। संसारभरका ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको ३२औं गृष्मकालिन टोकियो ओलम्पिक आइतबार सम्पन्न हुँदैछ। विश्वका दुई सय पाँच देशका ११ हजारभन्दा बढी खेलाडीले ३३ खेलमा तीन सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। 

    दुई साताभन्दा बढीको समयमा जापान खेलकुद महाकुम्भमा मात्र झुमेन, खेलाडीबीचको प्रेम र सम्बन्धका कारण पनि चर्चामा रह्यो। जापानले टोकियो ओलम्पिकमा सहभागी खेलाडी, प्रशिक्षक र अफिसियलका लागि छुट्टै प्रकारको बेड निर्माण गरेपछि त्यसले भिन्न किसिमले चर्चा पायो। पुनः प्रयोग गर्न मिल्ने सामग्रीबाट खेलाडी, प्रशिक्षक र अफिसियलका लागि बेड निर्माण गरिएको थियो। कार्डबोर्डबाट बनेको बेडमा प्लास्टिकबाट बनेको गद्दा बिछ्याइएको छ। ओलम्पिक र पारा ओलम्पिक सम्पन्न भएपछि बेड र गद्दालाई अन्य विभिन्न काममा पुनः प्रयोग गरिने छ। 

    images
    images
    images

    आयोजकले टोकियो ओलम्पिकका लागि १८ हजार र पारा ओलम्पिकका लागि आठ हजार बेड आवश्यक पर्ने जनाएका छन्। हेर्दा आकर्षक र आरामदायी सिंगल बेड नौ बर्गमिटर र डबल्स बेड १२ बर्गमिटरको छ। सिंगल र डबल्स दुवै बेडमा यौन सम्पर्क गर्न भने मिल्ने छैन। ओलम्पिक भिलेजका बेडहरू ‘एन्टी सेक्स’ रहेकाले यौन सम्पर्क गर्न नमिल्ने आयोजकले जनाएका छन्। कार्डबोर्डबाट बनेको बेडमा बढी हलचल गर्न नमिल्ने र एक जनाको मात्र भार थेग्न सक्ने खालको रहेको जनाइएको छ। यसले खेलाडीहरूबीचको निकटतालाई रोक्ने आयोजकको दाबी छ।

    तर, विगत तीन दशकदेखि ओलम्पिक खेलकुदमा खेलाडीको प्रदर्शन र सफलता मात्र होइन, यौनका विषयले पनि उक्तिकै चर्चा बटुल्दै आएको छ। सन् १९८८ को सोल ओलम्पिकमा एचआईभी एड्स रोकथामका लागि भन्दै पहिलो पटक कन्डम बाँडिएको थियो। त्यतिबेला एड्स रोग उत्कर्षमा रहेकाले सचेतनाका लागि आठ हजार पाँच सय थान कन्डम बाँडिएको थियो। त्यसपछिका ओलम्पिकमा पनि कन्डम बाँड्ने प्रचलनले निरन्तरता पायो। अहिले जापानमा जारी टोकियो ओलम्पिकमा पनि डेढ लाखभन्दा बढी कन्डम वितरण गरिएको थियो। सन् २०१६ को रियो ओलम्पिकमा त झन् साढे चार लाख कन्डम वितरण गरिएको थियो। आयोजकले एचआईभी एड्सका बारेमा जागरुकता बढाउन र ओलम्पिकको चिनोका रुपमा डेढ लाख बढी कन्डम बाँडिएको दाबी गरेको छ। टोकियो ओलम्पिक आयोजकले खेल अवधिभर संयमता अपनाउन पनि खेलाडीलाई आग्रह गरेको छ। 

    तर, ओलम्पिकमा सहभागी केही पूर्व खेलाडीहरूले भने जस्तोसुकै तरिका अवलम्वन गरे पनि ओलम्पिक भिलेजमा सेक्सलाई रोक्न नसकिने जनाएका छन्। उनीहरूले जस्तोसुकै तरिका अपनाए पनि वा जतिसुकै प्रतिबन्ध लगाए पनि ओलम्पिकमा सेक्स र सोसल डिस्ट्यान्सिङ ‘ओपन सेक्रेट’जस्तै रहेको दाबी गरेका छन्। उनीहरूले केही समय पहिले ओलम्पिक भिलेजको छत, बाथरुम र बाहिरी झाँडीमा समेत प्रयोग गरिएको सयौं कन्डमहरू फेला परेको घटनाले ओलम्पिकलगायतका ठूला पर्वमा सेक्सलाई बन्देज गर्न नसकिने निष्कर्ष निकालेका हुन्। 

    जर्मनीकी पूर्व एथलेटिक्स खेलाडी सुसान टाइडटेकले ओलम्पिक भिलेजमा यौन क्रियाकलाप नहुने भन्ने हुनै नसक्ने बताएकी छन्। उनले जर्मनीको अखबार वाइल्डसँग कुरा गर्दै भनेकी छन्, ‘जापानले यौन क्रियाकलापमा गरेको प्रतिबन्ध सुन्दा हाँसो उठ्छ। यस्तो प्रतिबन्धले कहिले पनि काम गर्दैन।’ उनले सेक्स ओलम्पिक भिलेजको संधै मुद्दा बन्दै आएको पनि बताइन्। ‘हरेक खेलाडी ओलम्पिकमा आफ्नो उच्च फर्ममा हुन्छन्। उनीहरूले विश्वस्तरीय प्रतियोगिताका लागि ठूलो मेहनत र परिश्रम पनि गरेका हुन्छन्’, उनी भन्छिन्, ‘यस्तोमा खेलपछि इनजर्धी रिलिज गर्नुपर्ने हुन्छ। ओलम्पिककै दौरान धेरै पार्टी चलिरहेका हुन्छन्। यस्तो पार्टीमा मदिराको खपत पनि धेरै नै हुन्छ।’ यसैगरी टेबुलटेनिसका पूर्व स्टार म्याथु सइदले पनि ओलम्पिक भिलेजमा यौन क्रियाकलापलाई रोक्न नसकिने बताए। एजेन्सी 

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण २४ २०७८०८:५५:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij