देवदह। प्रभाबकारीताका लागि बृक्षरोपण भन्ने मुल नाराका साथ आज रोटरी कल्व अफ तिलोत्तमा रुपन्देही , रोटर्याक्ट क्ल्व अफ तिलोत्तमा देबदह ,रोटर्याक्ट कल्व अफ तिलोत्तमा रुपन्देही र रोटर्याक्ट क्लव अफ तिलोत्तमा सुद्धोधनको संयुक्त आयोजना एबम चार ओटै क्लवका अध्यक्ष रोटरियन बिष्णु चापागाइ , रोटर्याक्टर सुनिल गिरी , रोटर्याक्टर नवीन अर्याल र रोटर्याक्टर सरोज खनालको सम्युक्त अध्यक्षता र बुद्ध सामुदायिक बन उपभोक्ता समुहकि सचिब राधिका अर्याल ज्युको प्रमुख आथिथ्यतामा संरक्षण सहितको धुपी वृक्ष रोपण कार्यक्रम देबदहको गौतम बुद्ध रास्ट्रीय उद्धानमा सम्पन्न भएको छ । रोटरी रोटर्याक्ट भाटीका निर्माणका लागि उक्त कार्यक्रममा ५० थान धुपिका बिरुवाहरु रोपिएको थियो । कार्यक्रममा बोल्दै रोटर्याक्ट क्लव अफ देबदहका अध्यक्ष सुनिल गिरी ज्युले गौतम बुद्ध रास्ट्रीय उद्धान एउटा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको हुदा यसको समग्र बिकासका लागि देबदहका सम्पुर्ण सामाजिक सस्थाहरुको योगदान आवस्यक रहेको औल्याउँदै भाबी दिनमा समेत बुद्ध सामुदायिक बन संग सहकार्य गरेर अघि बड्ने कुरा उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटरियन बिष्णु चापागाइ ज्युले गौतम बुद्ध रास्ट्रीय उद्धानमा रोटर्याक्ट रोटरी भाटिका निर्माणका लागि जग्गा उपलब्ध गराइदिनु भएकोमा बुद्ध बनलाइ बिशेष धन्यबाद दिदै भाटीका निर्माणका लागि आफ्नो साथ सहयोग रहने बताउनु भएको थियो । कार्यक्रमकि प्रमुख अतिथी राधिका अर्याल ज्युले उद्धानलाई अझ आकर्षक गराउन सामाजिक सस्थाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा बृक्षरोपण गरेका बिरुवाको संरक्षण गरि आफ्ना भाबी योजना सहित अघि बढ्न क्लवलाइ आग्रह समेत गर्नु भएको थियो ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका सह सचीव अर्जुन प्रसाद आचार्यज्युको कार्यक्रम संचालन, रोटर्याक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष नवीन अर्याल ज्युको स्वागत र रोटर्याक्ट क्लव अफ देबदहका अध्यक्ष सुनिल गिरी ज्युको धन्यबाद ज्ञापन सहित कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij