देवदह। रुपन्देहीको देवदहमा रहेको नेपाल बिद्युत प्राधिकरण शितलनगर शाखामा लगाइएको ताला खोलिएको छ। अनियमित रुपमा बारम्बार बिद्युत अबरुद्द हुने समस्या दोहोरीए पछि आइतबार राति सर्वसाधारणले शितलनगर शाखामा ताला लगाइदिएका थिए।
शितलनगर शाखामा बिरोध प्रदर्शन गर्दै युवाहरु
देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री,उपप्रमुख बिद्या लक्ष्मी गुरुङ,वडा अध्यक्ष लगायत जनप्रतिनिधि,नेपाल बिद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख शुरेस कुमार महतो देवदह शाखाका प्रमुख शशिराम भण्डारी,सुरक्षा निकाय तथा देवदह वासी जनसमुदाय बीच संयुक्त रुपमा छलफल गर्दै बिद्युत सेवा नियमित गराउने सहमति भए पछी ताला खोलिएको हो।
दिर्घकालिन समस्या समाधानका लागि नवलपरासीको गण्डकबाट परासी सम्म बनिरहेको ३३ केभी प्रशारण लाइन छिटो निर्माण सक्न सम्बन्धित निकायमा पहल गर्ने,बिद्युत सेवा नियमित गर्न ३३ केभी प्रशारण लाइन आवश्यक मर्मत तथा सम्भार गर्ने,३३ केभी ग्राहकहरुको लोड व्यवस्थापन गरेर भए पनि देवदहमा क्षेत्रमा बिद्युत नियमित गर्ने निर्णय सहित सहमति गरिएको हो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij