बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एमाले सरकार नढल्दै लुम्बिनीमा काँग्रेस र माओवादीले आलोपालो सरकार संचालन गर्ने सहमति

एमाले सरकार नढल्दै लुम्बिनीमा काँग्रेस र माओवादीले आलोपालो सरकार संचालन गर्ने सहमति

images
  • 334
    SHARES

  • images
    images
    images
    एमाले सरकार नढल्दै लुम्बिनीमा काँग्रेस र माओवादीले आलोपालो सरकार संचालन गर्ने सहमति
    images
    images
    images

    काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच आधारभूत समहति भएको छ । गठबन्धनका मुख्य दुई नेपाली काँग्रेस र माओवादी केन्द्रबीच ८\८ महिना सरकार संचालन गर्ने सहमति भएको हो ।

    हाल लुम्बिनीमा नेकपा एमाले नेतृत्वको सरकार छ । वर्तमान मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु अघि नै काँग्रेस र माओवादी केन्द्रको सहमति भएको हो । जसमा पहिले माओवादी केन्द्रका नेता कूलप्रसाद केसीले मुख्यमन्त्री बन्ने र त्यसपछि ८ महिना नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने समहति भएको बताइएको छ ।

    images
    images
    images

    केन्द्रमा सत्ता साझेदारी गरिरहेका काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता गर्न साउ २७ गते विशेष अधिवेशन बोलाइसकेको छ ।

    सुरुवाति समझदारी भएपनि उक्त विषयमा ठोस निर्णय भने भइनसकेको एक नेताले बताउनुभयो । विपक्षी गठबन्धनका सांसदलाई रिसोर्टमा राखेर अधिवेशन लक्षित बैठकहरु भइरहेको पनि बुझिएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण २५ २०७८०८:२०:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij