देवदह। बलियो नेपाल नामक संस्थाको आयोजनामा कोभिड - १९ महामारीका कारण ६ देखि २३ महिनाका बालबालिकाहरुमा देखिएको खाद्य तथा पोषण असुरक्षा संग लड्नका लागि पोषण वितरण कार्यक्रम सुरु भएको छ।
कार्यक्रम देवदह नगरपालिका शहरी स्वास्थ्य केन्द्र भवानीपुर बाट सुरु भएको र देवदह नगरपालिकाका १२ ओटै वार्डमा पुर्याइने देवदह नगरपालिका उपप्रमुख बिद्या लक्ष्मी गुरुङले जानकरी दिनुभयो।
पोषण राहत वितरण कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा बहदुर खत्री,स्वास्थ्य शाखाका प्रमुख काशिनाथ बन्जाडे लगायतको सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij