पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ग्रह दशाले प्रधानमन्त्री नभएको बताएका छन् ।
ओलीले आफू जनताको बहुमतका कारण प्रधानमन्त्री भएको बताएका हुन् । उनले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रतिमिधि सभालाई सम्बोधन गर्दै ओलीले आफु फेरि जनताको बहुमत लिएर प्रधानमन्त्री बन्ने दावी गरेका छन्। सम्बोधनका क्रममा ओलीले अहिले सत्तापक्षका नेताहरुको चर्को आलोचना गरेका छन् । उनले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री भएको बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij