बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भारतीय ट्रक चालकको हत्या गरेर १८ लाख मूल्य बराबरको खाद्यान्न लुटपाट

भारतीय ट्रक चालकको हत्या गरेर १८ लाख मूल्य बराबरको खाद्यान्न लुटपाट

images
  • 655
    SHARES

  • images
    images
    images
    भारतीय ट्रक चालकको हत्या गरेर १८ लाख मूल्य बराबरको खाद्यान्न लुटपाट
    images
    images
    images

    रुपन्देही । भारतबाट आएको ट्रक चालकको हत्या गरी चामल लुटपाट गर्ने चार जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गत साउन २० गते यूपी ५३ एटि ०१४१ नम्बरको ट्रकमा चामल दिएर आउँदै गर्दा भारत महाराजगञ्ज एकसडवा निवासी चालक तौफिक अहमद पठानको हत्या गरी १८ लाख रुपैयाँ बराबरको चामल लुटिएको थियो ।

    हत्या आरोपमा प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ निवासी ३० वर्षीय सद्दाम कुजडा, सोही स्थानका २७ वर्षीय रिजवन भन्ने अलि मुसलमान, २८ वर्षका महेश कहार र तनहुँ शुक्लागण्डकी–१० बस्ने २७ वर्षका सुनिल पौडेललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरूले भारतीय ट्रक चालकको योजनाबद्ध रूपमा हत्या गरी चामल लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।

    images
    images
    images

    भारतबाट नन्दकिशोर यादवले काठमाडौंस्थित संग्रिला कम्पनीका नन्दन गुप्ताको नाममा चामल पठाएका थिए । रुपन्देहीको पोखरभिण्डीमा ससुराली रहेका तौफिक नेपाल ट्रक लिएर आएको तर त्यसपछि हराएको हुँदा उनको खोजतलासको लागी ससुरालीले पहिले नै निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए ।

    तौफिकले हाँकेको ट्रकमा भारतीय व्यापारी नन्द किशोर यादवले नेपाल काठमाडौँका व्यापारी नन्दनलाई करिब ११ लाख भारतीय रुपैयाँको चामल पठाएका थिए । सो कुरा भैरहवामा बसेर फलफूल, तरकारी लगायतको व्यापार गर्ने अलि भन्ने सद्दाम कुजडाले थाहापछि योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    उनीहरुले चालकको भैरहवाको डण्डा खोलामा हत्या गरी ट्रक नवलपरासी लगेर नेपाली दुई वटा ट्रकमा चामल खन्याएपछि सुनौलीमा भारतीय ट्रक बेवारिसे अवस्थामा छाडेका थिए । पक्राउ परेका चारै जनाले कर्तव्य गरी मारेको अनुसन्धानबाट समेत देखिएकोले रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान जारी रहेको प्रहरीको जनाएको छ ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण २६ २०७८०८:५४:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij