बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चरङ्गे झुम्सा चौकिभन्ज्याङ बैकल्पिक मार्ग : करोडौं लगानी तर बालुवामा पानी

चरङ्गे झुम्सा चौकिभन्ज्याङ बैकल्पिक मार्ग : करोडौं लगानी तर बालुवामा पानी

images
  • 773
    SHARES

  • images
    images
    images
    चरङ्गे झुम्सा चौकिभन्ज्याङ बैकल्पिक मार्ग : करोडौं लगानी तर बालुवामा पानी
    images
    images
    images

    pens.pngनिर्मल एसपी मगर 

    पाल्पा। एक हप्ता अघि साउन १८ गते सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडक खण्डको तिनाउ गाउँपालिका ३ माथिल्लो सिद्धबाबा मन्दिर हेडबक्स नजिकै  माथिबाट खसेको ढुङ्गा लागेर लु२च ७३८७  नम्बरको पिकअप जिप तिनाउ नदीमा खस्यो। ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भयो भने चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते भए। 

    images
    images
    images

     

     

    उक्त दुर्घटना भएको ठिक एक हप्ता पछी साउन २६ गते सोहि प्रकृतिको घटना दोहोरिएको छ। तिनाउ गाउँपालिका ३ हेडबक्स स्थित सिद्दार्थ राजमार्गमा सडक माथिबाट ढुङ्गा खस्न गई झुम्सा देखि बुटवल तर्फ जादै गरेको न.बा १८ च ७३३६ नम्बरको स्कार्पियो सडकबाट करिब   १०० मिटर तल खस्दा उक्त स्कार्पियोमा सवार तिनाउ गाउँपालिका झुम्साका ३ र  नवलपरासि गैडाकोटका १ गरि ४ जना घाईते भइ हाल काठमाडौंमा उपचाररत छन् । 

     

    Sadak-Anugaman-Ma-Mukya-Manri-Shankar-Pokharel-2_20180623065902.jpg

     

    माथिका दुई घटना प्रतिनिधि घटना मात्र हुन्,यस्ता प्रकृतिका घटना सिद्दार्थ राजमार्गको बुटवल देखि दोभान सम्मको क्षेत्रमा बर्षेनी  हुने गरेका छन् र प्रत्यक बर्ष यात्रुले अकालमै ज्यान गुमाउनु परेको छ। बर्षादको समयमा मात्र नभएर हिउदमा पनि ढुंगा खस्ने उक्त क्षेत्रको बैकल्पिक मार्ग निर्माणका लागि बेला बेलामा चर्चा चल्ने गर्छ। 

    बैकल्पिक मार्ग अन्तर्गत बुटवल बेलबास देखि पाल्पाको नुवाकोट हुँदै दोभान सम्म सडक निर्माण हुने क्रममा छ।बैकल्पिक मार्गको रुपमा  चर्चा पाएको झुम्सा चौकिभन्ज्याङ चरङ्गे सडक खण्ड हाल अबरुद्द छ। 

    झुम्सा चौकिभन्ज्याङ चरङ्गे सडक खण्डको ट्रयाक खुलेको पनि झन्डै ५ बर्ष भैसकेको छ। २०७५ को असारमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल,भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरी,प्रदेश सांसद लगायत जनप्रतिनिधिले अवाक्लोकन गरेका थिए।अवलोकनका क्रममा मुख्यमन्त्री पोखरेलले ट्रयाकको निरीक्षण गर्दै झुम्सा चौकीभञ्याङ देवदह चरङ्गे सडकको २० किलोमिटर लाई स्तारोन्नती गर्न १० करोड रकम बिनियोजन गरिएको र २ बर्ष भित्र स्तरीय डवल लेनको सडक निर्माण गरि संचालनमा ल्याइने बताएका थिए। 

    मुख्यमन्त्री पोखरेल,भौतिक योजना तथा निर्माण मन्त्री चौधरी लगायत सांसद र जनप्रतिनिधिको टोलीले अवलोकन तथा निरिक्षण गरेको पनि यहि असारमा ३ बर्ष पुगी सकेको छ। लुम्बिनी प्रदेश सरकारको घोषणा अनुसार अहिले बैकल्पिक मार्गमा निर्वाध रुपमा सवारी चल्नुपर्ने हो तर उक्त मार्गमा अहिले पैदल हिड्न समेत गाह्रो हुन्छ,सडक बनाउने क्रममा नाली निर्माण नगर्दा बर्षादको समयमा सडकमा खोला बग्छ। गत जेठ देखि बैकल्पिक मार्ग पूर्ण रुपमा अबरुद्द भएको छ।पानीले सडक ध्वस्त बनाएको छ। अब फेरि सडक सुचारु गर्न लाखौ लगानी लगाउनु पर्ने अवस्था आएको छ। 

    maxresdefault.jpg


    जिल्ला समन्वय समिति पाल्पाको अगुवाइमा र स्थानीय तहको लगानीमा वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्ने काम पुरा भएको थियो। बैकल्पिक सडक निर्माणको ट्रयाक खोल्नका लागि तिनाउ गाउँपालिकाले ६० लाख,तानसेन नगरपालिकाले २० लाख ,रिब्दिकोट गाउँपालिकाले १० लाख ,बगनासकाली गाउँपालिकाले ५ लाख र देवदह नगरपालिका बाट १० लाख गरि १ करोड १० लाख रुपैयाँ खर्च भएको थियो ।त्यस्तै सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले २०७६ /०७७  र ०७७ /०७८  गरि दुई आर्थिक वर्षमा २० करोड बजेट उपलब्ध गराइसकेको छ। प्रदेश सरकारले बैकल्पिक मार्ग स्तर उन्नतीको लागी यो आर्थिक बर्षमा १० करोड रुपैया विनियोजन गरेको छ। 

    बैकल्पिक मार्गका लागि हाल सम्म २१ करोड भन्दा बढी खर्च भैसकेको छ। नाली निर्माण गर्ने र कल्भर्ट बनाउने कार्य भैरहेको भनिए पनि सडक निर्माणमा ढिलासुस्ती हुँदा लाखौ रकम खर्चिएर निर्माण गरिएको कल्भर्ट समेत बगाएको छ।पाल्पाको तिनाउ गाउँपालिका झुम्सा देखि चौकिभन्ज्याङ ७ किलोमीटर र रुपन्देहीको देवदह नगरपालिका चरङ्गे देखि चौकी भञ्ज्याङ् १३ किलोमीटर रहेको छ। सडक निर्माण कार्य सम्पन्न गरि २ बर्ष भित्र सवारी निर्वाध रुपमा संचालनमा ल्याइने घोषणा भए पनि सडकको हालको अवस्था भने पैदल हिड्न समेत नमिल्ने खालको रहेको छ। 

    सिद्दबबामा सुरुङ्ग मार्ग बनाउने चर्चा पनि लामो समय देखि गरिएको छ।सुरुङ्ग मार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भैसकेको भनिएको छ। अर्थ मन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चितता गरेको छ ।

    वैकल्पिक अथवा सुरुङमार्गको निर्माणका लागि सरोकारवलको तत्काल ध्यान जानु जरुरि छ। सम्बन्धित निकायलाई कुरा मात्र होइन काम गर्नका लागि दवाव दिनु जरुरि छ। सिद्धबाबा क्षेत्रमा खस्ने पहिरोले वर्षेनी हुने जनधनको क्षति रोक्ने तर्फ सबैको ध्यान जाओस। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण २७ २०७८११:०६:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij