सिरहा। सरकारले माध्यमिक तहसम्मको शिक्षा निशुल्क गरेको छ । सामुदायिक विद्यालयको हकमा लागू भएको यो सरकारी नीति अझै पनि धेरै विद्यालयमा पूर्णरुपमा लागू हुन सकेको छैन ।
उता निजी विद्यालयको चर्को शुल्कलाई लिएर लामो समयदेखि चर्को वहस नै हुँदै आएको छ । तर पनि निजी विद्यालयको शुल्कमा मनपरि अझै हटेको छैन । त्यसमाथि लकडाउनका अवधिको शुल्क पनि धेरै निजी विद्यालयहरुले उठाउँदै आएका छन् ।
यस्तै सिरहाको एक निजी विद्यालयले लकडाउनको अवधिमा नपढाएको शुल्क समेत माग्दा नतिर्ने बताएका एक अभिभावक मरणासन्न हुने गरि पिटिएका छन । उनीमात्र होइन परिवारका अन्य चार सदस्य पनि सख्त घाइते भएका छन् । पिटने प्रिन्सिपल घटना लगतै फरार छन् । पिटिएका अभिभावक र उनकी छोरीको स्थानीय अस्पतालमा उपचार हुन नसके पछि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij