काठमाडौं। सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार उर्जा मन्त्रालयले नियुक्त पत्र दिने तयारी गरेको छ।
उक्त निर्णयको जानकारी मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार साँझ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय पठाएको जनाइएको छ। २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरी विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघि साउन १९ गते प्रधानमन्त्री शेरबहादु्र देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij