मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

स्पस्टिकरण दिन नमानेका रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

स्पस्टिकरण दिन नमानेका रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

images
  • 312
    SHARES

  • images
    images
    images
    स्पस्टिकरण दिन नमानेका रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा
    images
    images
    images

    काठमाडौँ। नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।आचरणविपरीत काम गरेको भन्दै साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि भट्टराईले पदबाट राजीनामा दिएका हुन् । 

    भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार राजीनामा बुझाएका हुन् ।राजीनामा पत्रमा उनले आफूलाई राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले आफूलाई स्पष्टिकरण सोधिएको भन्दै पदबाट राजीनामा दिएको जनाएका छन् ।

    images
    images
    images

    भट्टराईलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २९ मा रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । पदीय मर्यादाविपरीत सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका भट्टराईले नेतृत्व सम्हालेको लामो समय बितिसक्दा पनि अझै रेल सञ्चालनमा आउन सकेको छैन ।

    भट्टराई महाप्रबन्धक नियुक्त भएदेखि नै विवादित बन्दै आएका थिए ।केपी ओली नेतृत्वको सरकार हटेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत माधव नेपाल, पुष्पकमल दाहाल सहित विभिन्न नेताहरुविरुद्ध कडा टिप्पणी गर्दैआएका थिए । साथै आफूलाई कसैले पदबाट हटाउन नसक्ने चेतावनी समेत उनले दिएका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण २७ २०७८०७:४८:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij